काठमाडौं । सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडले यस वर्ष १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित बोनस सेयर तथा नगद लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुक क्लोज हुनेछ । तसर्थ, असोज २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।सोमबार बसेको सञ्चालक समिति बैठकले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।
FACEBOOK COMMENTS