काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ९६ दशमलव ४८ प्रतिशतले बढेर २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ
। अघिल्लो वर्ष कम्पनीले ११ करोड १८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै यसको खुद नाफा पनि बढेको हो ।यसअवधिमा खुद बिमा शुल्क आर्जन १३७ दशमलव ०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले अघिल्लो वर्षको यसैअवधिमा १ अर्ब १० करोड ५४ लाख ९७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी १६६ दशमलव ४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा छ । चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । कुल आम्दानी ३ अर्ब ४० करोड छ भने कुल खर्च ३ अर्ब १८ करोड छ ।
FACEBOOK COMMENTS