काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.९२ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ७९ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २.८१ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा २.९७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड ४१ लाख १० हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता १०.६६ रुपैयाँ थियो । अहिले बढेर २०.४७ रुपैयाँ रहेको छ ।
१३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ६ अर्ब ५६ करोड ७१ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको खराब कर्जा १.७२ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत रहेको छ । हाल बैंकको प्रति सेयर आम्दानी १८.९३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६८.८३ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS