काठमाडौं । सानिमा बैंकले सानिमा भिसा डाइरेक्ट सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवामार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यम इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने कम्पनीले जनाएको छ ।
यो सेवा नवीन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त वैकल्पिक माध्यम रहेको समेत कम्पनीको भनाइ छ । उक्त सेवा बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गरी प्रदान गरेको हो । यो सरल, सुरक्षित र छरिटो सेवा रहेको समेत बताइएको छ ।
FACEBOOK COMMENTS