काठमाडौं । सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार बैंकको प्रस्तावित १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको पछिल्लो कारोबार दिनको शेयरमूल्य २७१ दशमलव ९० को आधारमा बोनस शेयरपछिको मूल्य २४७ दशमलव १८ कायम गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३ गते १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको उक्त साधारणसभा आम्रपाली ब्यांक्वेट, बालुवाटारमा बिहान ११ बजे शुरु हुनेछ।
FACEBOOK COMMENTS