काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी भुक्तानीमा प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलसँग छुट सम्झौता गरेको छ ।
सम्झौताअनुसार सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकका ग्राहकले ओपिडी/आइपिडी तथा बेडसम्बन्धी शुल्कमा १३ प्रतिशत, औषधिमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ ।
बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । देशका सातै प्रदेशमा सानिमा बैंकका १३२ शाखा कार्यालय र १२३ वटा एटीएम सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS