काठमाडौं । सानिमा बैंकले कात्तिक २ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले सभा प्रयोजनका लागि असोज २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले बैकले तोकेको साधारणसभामा भाग लिन पाउने भएका छन् भने बैंकले प्रस्ताव गरेको लाभांश समेत पाउनेछन् ।
बैंकले सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगदसहित १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सभाले उक्त लाभांश पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव लैजाने छ ।
बैंकको १९ औं साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS