काठमाडौं । सानिमा बैंक र फोनपेको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ सेवा प्रयोगकर्ताका लागि क्यास ब्याक योजना सञ्चालनमा आएको छ । यो योजना कात्तिक मसान्तसम्म लागू हुने छ ।
यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम २००, बिजुलीको बिल तिर्दा २५ वा अधिकतम २५ रुपैयाँ र इन्टरनेटको बिल तिर्दा २५ वा अधिकतम ५० रुपैयाँ सम्मको क्यास ब्याकको व्यवस्था गरेको छ ।
मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको जनाएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
FACEBOOK COMMENTS