काठमाडौं । सानिमा बैंकले बिहीबारका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
बैंकको सभाले पारित गरेपछि सेयरधनीले १४.६० प्रतिशत लाभांश पाउनेछन् । बैंकले गत आवको नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव केन्द्रीय बैंकले स्वीकृत गरिसकेको छ ।
बैंकले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ । असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS