काठमाडौं । सानिमा बैंकले आज बार्षिक साधारणसभा गर्ने भएको छ ।
सभामा बैंकले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश पेश हुनेछ । सभाले लाभाश पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले गत आवको नाफाबाट ९ प्रतिशत बोनस र कर सहित ५.७० प्रतिशत सहित १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
बैंकले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश गर्ने जनाएको छ । सभाका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS