काठमाडौं । सानिमा बैंकका ग्राहकहरुलाई रिभरसाइड स्प्रिङ्स रिसोर्टमा विशेष छुटको व्यवस्था गरिएको छ ।
डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सिटिजन बैंकले रिभरसाइड स्प्रिङ्स रिसोर्ट प्रालिसँग नयाँ सम्झौता गरेको हो ।
नयाँ सम्झौता अनुसार सानिमा बैंकका ग्राहकले सानिमा भिसा डेबिटरक्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्स रिसोर्टका विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट पनि उपलब्ध छ ।
FACEBOOK COMMENTS