काठमाडौं । सानिमा बैंकले भदौ महिनामा ब्याजदर घटाएको छ ।
बैंकले भदौ १ गतेदेखि लागू हुने जारी गरेको नयाँ ब्याजदर घटेको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४.९० प्रतिशत र व्यक्तिगततर्फ ६.२० प्रतिशत ब्याज दिने जनाएको छ ।
यस्तो ब्याज साउनमा संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत रहेको थियो ।
बैंकले साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याज तोकेको छ । यसअघि साउनमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशत ब्याज थियो ।
बैंकको आधारदर ८.०३ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS