काठमाडौं । सानिमा बैंकले इ-कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइन मार्फत कार्डमा टपअप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ ।
इ-कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएसडी इ-कम भिसा कार्डमा टपअप गर्न सक्नेछन् ।
ग्राहकहरुले सानिमा सजिलो ईबैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट आफ्नो विवरणहरु राखेर टपअप गर्न सक्नेछन् ।
ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टप अपको प्रकिया अगाडि बढाउन सक्नेछन् ।
साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको वान टाइम पासवर्ड (ओटीपी) राखे पश्चात् कार्डमा तुरुन्तै टपअप हुनेछ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।
FACEBOOK COMMENTS