काठमाडौं, ७ भदौ । ५६ मेगावाट क्षमताको जुमखोला हाइड्रोपावर निर्माणको अनुमति सानिमा हाइड्रोले पाएको छ ।
५५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नजिकै बन्ने सो आयोजनाको ग्रिड कनेक्सन एग्रिमेन्ट भइसकेको छ । तर, ‘टेक अर पे’ पीपीए रोकिँदा आयोजनाको विद्युत खरिद सम्झौता भइसकेको छैन ।
आयोजनाको निर्माण सुरु भएको ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य भएपनि विद्युत खरिद बिक्री सम्झौता नहुँदा वित्तीय व्यवस्थापन र निर्माण सुरु ढिलाइ भएको आयोजनाले बताएको छ ।
आयोजना स्थलसम्मको पहुँचमार्गदेखि प्रसारणलाइन निर्माणसम्मको काम सक्दा कुल १० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यद्यपी, लामाबगरदेखि चीनसम्मको सडक जोड्ने आयोजना सरकारले बनाइरहेकाले पहुँचमार्ग निर्माणमा केही सहज हुने बताइएको छ ।
आयोजनामा २५ सय मिटर सुरुङमार्ग निर्माण गरेर १४ मेगावाट क्षमताका ४ वटा टर्बाइनबाट कुल ५६ मेगावाट विद्युत उत्पादन गरिने छ ।
FACEBOOK COMMENTS