काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको हकप्रद शेयर जारी गर्न सिटिजन्स क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ ।
यससम्बन्धी सम्झौता सानिमा जीआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
FACEBOOK COMMENTS