काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीका अध्यक्ष कुनाल कयालज्यूको अध्यक्षतामा अमृतभोग, कालिकास्थान, काठमाडौंमा सम्पन्न भएका हो ।
उक्त सभामा आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षले नेपाल वित्तिय प्रतिवेदनमान ( NFRS) बमोजिमको वित्तीय विवरण पेश गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
त्यसै गरी आगामी आ.व. २०७९/०८० का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा श्री एन.अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
सभाबाट कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकहरुमा कुनाल कयाल, दिलिप श्रेष्ठ र मिता मुरारका अग्रवाल निर्विरोध निर्वाचित हुनुका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३(तीन) जना सञ्चालकहरुमा डा. हेमन्त कुमार दवाडी, प्रकाश मान श्रेष्ठ र सरस्वती गौतम (ज्ञवाली) निर्विरोध निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS