काठमाडौं । सेयरधनीको हात खाली बनाएको सानिमा जीआइसी इन्स्योरेन्सले चैत २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले सेयरधनीलाई लाभांश नदिएपनि सभामा ५० करोड रुपैयाँ हकप्रद सेयर निष्कासन गर्र्ने प्रस्ताव पेश गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहका विषयमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ ।
चैत १४ गतेसम्म सेयरधनी कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् । सभा, अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS