काठमाण्डौ- सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि नेपाल मेडिसिटि अस्पताल संग सम्झौता गरेको छ । जीवन वीमाका लागि ग्राहकहरmको पूर्व स्वास्थ्य परिक्षण अब मेडिसिटि अस्पताले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन वीमा कम्पनीले गर्ने छ ।
सम्झौतामा अस्पतालका तर्फ बाट महाप्रबन्धक श्री विजय रिमाल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी ले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा कम्पनीका वरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ र प्रबन्धक श्री उषा खतिवडाको समेत उपस्थिति थियो ।
सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्सुरेन्स कम्पनिका ग्राहक र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने गरी सम्झौता भएको हो ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, सानिमा लाईफ इन्सुरेन्सको माध्यमबाट क्यासलेस स्वास्थ्य परिक्षण गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । आफ्ना ग्राहकहरm र कर्मचारीहरmको स्वास्थ्यको लागि विभिन्न योजनाहरm ल्याउनु साथै अस्पताल संग निरन्तर काम गर्ने अपेक्षा रहेको कम्पनीका नायव महाप्रबन्धक केशव राज के.सी ले बताए ।
FACEBOOK COMMENTS