![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
महोत्तरीको बर्दिबासमा शनिबार आयोजित कार्यक्रममा ५५ जना भन्दा बढी कर्मचारीहरूको सहभागिता थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले कर्मचारीहरू कम्पनीको मेरुदण्ड भएको र यस प्रकारको तालिमले उनीहरूको कार्य सम्पादन क्षमता अभिवृद्धि हुन गई ग्राहक सेवा सुदृढीकरण तथा संस्था सशक्तिकरणमा सहयोग पुग्ने बताए । वर्तमान सन्दर्भमा कम्पनीहरूको सञ्चालन जोखिम बढ्दै गएको भन्दै पाण्डेले यस्तो कार्यक्रमले त्यस खालका जोखिम घटाउन मद्दत पुग्ने बताए । साथै यस किसिमको कार्यक्रम देशैभर गरिने योजना रहेको समेत उनले जानकारी दिएका छन् ।
कार्यक्रममा अन्डरराइटिङ, ग्राहक सेवा, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण, अनुपालन, अभिकर्ता सेवा, दाबीलगायत विषयमा प्रमुख सञ्चालन अधिकृत ज्ञान बहादुर रायमाझीले तालिम प्रदान गरे भने चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले अनुपालनलाई मध्यनजर गर्दै नयाँ व्यवसाय विस्तारमा जोड दिनुपर्ने बताए ।
FACEBOOK COMMENTS