काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले बालबालिकाको दीर्घकालीन सुरक्षा र भविष्य सुनिश्चित गर्न ‘मेरो मुटु बाल जीवन बीमा’ योजना सार्वजनिक गरेको छ।
याे याेजनाले एक महिनादेखि नै बच्चाको बीमा गर्न सकिने यो योजनाले अभिभावक र बच्चा दुवैको जीवन बीमा गर्ने सुविधा दिने कम्पनीले जनाएकाे छ ।
बीमालेखले सुरक्षा र बचतको संयोजन गर्दै अभिभावकको मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी बीमा शुल्क मिनाहा हुने व्यवस्था गरेको छ। साथै, बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बालकको खातामा जम्मा हुने भएकाले शिक्षादेखि भविष्य निर्माणसम्म सहयोग पुर्याउने विश्वास गरिएको छ।
अनपेक्षित मृत्युको अवस्थामा
-बीमीतको हकमा बीमांक रकमको २५ प्रतिशत वा आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन बढी हुन्छ, सो रकम दिइनेछ।
-प्रस्तावकको मृत्यु भएमा अतिरिक्त बीमाशुल्क तिरेको खण्डमा बीमांक रकम प्रदान गरिनेछ।
-बीमा अवधिभर दुवैको मृत्यु एउटै घटनामा भएमा प्रस्तावकको मृत्यु बापत बीमांक र बोनस तथा बालकको मृत्यु बापत २५५ रकम भुक्तानी हुने व्यवस्था छ।
-बीमा अवधिभित्र प्रस्तावकको मृत्युपछि बालकको मृत्यु भएमा पनि बीमांकको २५५ र बोनस वा भुक्तानी भएको बीमाशुल्कमध्ये बढी रकम भुक्तानी हुनेछ।
यस योजनाको विशेषताहरू
१.एकै पटक अभिभावक र बालकको बीमा
२.न्यून प्रिमियममा दीर्घकालीन सुरक्षा
३.मासिक आय सुविधा सहितको बीमालेख
४.प्रस्तावकको मृत्यु भएमा सम्पूर्ण बीमा शुल्क मिनाहा
५.अनुशासित बचत र भविष्य सुरक्षाको भरपर्दो माध्यम
६.उच्च शिक्षा, आकस्मिक खर्च र दीर्घकालीन योजनाका लागि उपयोगी
सानिमा रिलायन्सले पारिवारिक आवश्यकता, भविष्यका जोखिम र वित्तीय सुरक्षालाई ध्यानमा राखी व्यवहारिक बीमा योजनाहरू ल्याउने क्रम जारी राखेको छ। ‘जीवन बीमा आजै, अहिल्यै’ भन्ने सोच अनुरूप यो बीमा योजना बालबालिकाको भविष्य सुनिश्चित गर्ने भरोसायोग्य विकल्प बन्ने विश्वास गरिएको छ।
FACEBOOK COMMENTS