काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षमा ताराचन्द केडिया नियुक्त भएका छन् ।
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबारको शुभारम्भ हुनुअघि बसेको संयुक्त सञ्चालक समितिको बैठकले केडियालाई अध्यक्ष नियुक्त गरेको हो ।
अध्यक्ष केडिया यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष थिए ।
सानिमा र रिलायन्स एक आफपसमा मर्जर भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बन्ने भएसँगै मर्जरपछिको ठूलो संस्थाको अध्यक्ष बन्ने अवसर समेत केडियाले पाएका हुन् । अ
ध्यक्ष केडियाले आजै नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको सपथ समेत लिइसकेका छन् ।
यस्तै, इन्स्योरेन्सको सञ्चालकहरुमा घनश्याम थापा, भरतकुमार तोडी, सुवर्णदास श्रेष्ठ, केशवराज केसी, परीक्षित खेम्का र सरिता भट्ट अधिकारी नियुक्त भएका छन् ।
सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स आजबाट औपचारिक रुपमै एकीकृत कारोबारमा जाँदैछन् ।
१ः १ स्वाप रेसियोमा मर्जरमा जान लागेका यी दुई इन्स्योरेन्स मर्जर पछिको बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४ लाख रुपैयाँ पुग्नेछ ।
यस्तै कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोडको हुने छ भने जगेडा कोष ७७ अर्ब ५९ करोड पुग्नेछ । यस्तै कम्पनीको कूल लगानी १३ अर्ब ५० करोड पुग्ने छ ।
FACEBOOK COMMENTS