काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीका अनुसार शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीहरूले आज सोमबारदेखि ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पुगेर कति शेयर खरिद गर्न चाहने हो त्यसको व्यहोरासहिथ आवेदन दिन सक्नेछन् ।
यदि निर्धारित समयावधिमा संस्थापक शेयरधनीहरूले शेयर खरिद गर्न नचाहेमा बाँकी शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS