काठमाडौँ । ‘सिइओ इनसाइड एसिया टप टेन विजनेस लिडर इन साउथ एसिया २०२२’ मा नेपालका युवा सिईओ सञ्जय अग्रवाल पनि समेटिएका छन् ।
‘सिइओ इनसाइड एसिया’ नामक म्यागजिनले गरेको साउथ एसियाका उत्कृष्ट सिइओहरुको सर्वेक्षणमा रमेश कर्पका कार्यकारी निर्देशक अग्रवाल उत्कृष्ट १० मा पर्न सफल भएका हुन् ।
अग्रवाल नेपालको मोबाइल व्यापारमा अग्रगामी मानिन्छन् । उनले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमीलगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरुको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
मोबाइल विकासका लागि राष्ट्रिय स्तरका नीतिहरु बनाउने निकाय ‘मोबाइल फोन इम्पोर्टस् एसोसियसन (एमपीआइए) का उपाध्यक्ष उनी हालै इटाली चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रि (एनआईसीसीआई)को उपाध्यक्षमा समेत नियुक्त भएका छन् ।
अग्रवाल २०२२ को डिसेम्बरमा सो सूचिमा समेटिएका हुन् । यो सूचिमा उनी एक वर्षसम्म रहनेछन् । सीईओ इनसाईड एसियाले वर्षैपिच्छे साउथ एसियाका सफल दश सिईओहरुलाई यस सूचिमा समेट्दै आएको छ ।
उनको असाधारण नेतृत्वदायी भूमिका र नेपालका विभिन्न उद्योगहरु विशेषगरी मोबाइल र उपभोक्ता टिकाउ वस्तुहरुमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।
FACEBOOK COMMENTS