काठमाडौं । नवगायक सङ्कल्प श्रेष्ठको डेब्यू गीत ‘झुठै भए नि’ सार्वजनिक भएको छ ।
गीतका शब्द, सङ्गीत र स्वर गायक श्रेष्ठकै छन् । गीतको म्युजिक भिडिओको निर्देशन निकोलस गुरुङले गरेका हुन् ।
भिडिओलाई जीवन्त बनाउन कलाकार सागर थापा ध्रुव, मनिषा गुरुङ र रोहन नेपालीको अभिनय देख्न पाइन्छ ।
भिडिओको छायाङ्कन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले पूरा गरेका हुन् । कथा, पटकथा र सह–निर्देशन सैलेश त्साजनले सम्हालेका छन् ।
चङ्गा प्रोडक्शनको प्रस्तुति रहेको यो म्युजिक भिडिओ गायक श्रेष्ठकै युट्युब च्यानल ‘सङ्कल्प श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो । भिडिओका निर्माता विवेक गुरुङ हुन् ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS