काठमाडौँ । संखुवासभा र उदयपुरमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् । संखुवासभामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चैनपुर नगरपालिका–३ का २० वर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस्तै उदयपुरमा ३८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कटारी नगरपालिका–५ भोर्लेका ३५ वर्षीय भेषबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित महिलाको उजुरीपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । यी दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
FACEBOOK COMMENTS