काठमाडौँ । संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले कालोमोसो दलेको छ ।
आइतबार बिहान नेपाललाई उनी बस्ने घरमै क्रान्तिकारीका कार्यकर्ताले कालोमोसो दलेर दुव्र्यबहार गरेका हुन् ।
क्रान्तिकारीले रजिष्ट्रार सिफारिस गर्दा पैसा लिएको उपकुलपति नियुक्त हुनुभन्दा सात दिनअगाडिसम्म नेपालले संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा ताला लगाई विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको भन्दै कालोमोसो दलेको क्रान्तिकारीले जानकारी दिएको छ ।
विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै पनि त्यसतर्फ कुनै चिन्ता–चासो नलिई ठेकेदारहरूसँग कमिसन खाने रजिष्ट्रारलाई साथ दिँदै कार्यकारी परिषद्को बैठक बोलाई विधिविपरीत भुक्तानी गर्ने निर्णय गरेको क्रान्तिकारीले आरोप लगाएको छ ।
FACEBOOK COMMENTS