काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्ति भएका छन् । शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले प्रसाईलाई सीईओ बनाउने निर्णय गरेको हो ।
प्रसाई आगामी चार वर्षका लागि सीईओमा नियुक्ति भएका हुन् । साविकको प्रभु लाइफको सीईओ समेत बनिसकेका प्रसाई प्रभु महालक्ष्मीमा भने बरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । प्रभु महालक्ष्मी साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हो ।
प्रसाई साविकको प्रभु लाइफको पनि सीईओ हुन् । उनीले नेपाल लाइफको सीईओको भुमिकामा पनि काम गरिसकेका छन् ।उनी बीमा क्षेत्रमा निकै अनुभवी र परिचित छन् ।
FACEBOOK COMMENTS