काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।
विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक रहेका परियारले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएका छन् ।
‘बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु,’ उनले राजीनामा पत्रमा भनेका छन् ।
रास्वपाका प्रवक्ता मनिष झाले परियारले परियारले पार्टी छोडनु भएको जानकारी दिँदै उनआगामी यात्राका लागि शुभकामना दिएका छन् ।
जेलभित्र रहँदा पनि पार्टी सभापति रवि लामिछानेलाई नै मानिरहेको रास्वपामा पछिल्लो समय पार्टी छोड्ने क्रम बढ्न थालेको छ । यसअघि रास्वपाकातर्फबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन् ।

FACEBOOK COMMENTS