काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ प्राप्त गरेका छन्। पुरस्कार ग्रहण गर्न उनी आज दिल्ली प्रस्थान गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै परियारले बाबासाहेब डा. भीमराव अम्बेडकरको ‘शिक्षित हौ, संगठित हौ र सङ्घर्ष गर’ भन्ने भनाइबाट आफू सधैँ प्रभावित रहेको र अम्बेडकरको नामसँग जोडिन पाउँदा आफूलाई खुसीका साथै गम्भीर र जिम्मेवार महसुस भएको बताएका छन् ।
उनले ‘ज्ञानको कुनै समय र सीमा हुँदैन भन्ने कुरा बाबासाहेबले प्रमाणित गरिदिएका’ भन्दै, संसारभरका दलनमा पारिएका, हेपिएका र समाजको संस्कृति, अर्थतन्त्र र राजनीतिबाट छुटाइएकाहरूका खातिर आफूले सक्ने जति सबै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
परियारका अनुसार पुरस्कार वितरण कार्यक्रम डिसेम्बर १३ र १४ तारिखमा दिल्लीमा हुनेछ। उनले कार्यक्रममा उपस्थित हुन सम्भव हुने साथीहरूलाई भेट्न आग्रहसमेत गरेका छन् ।
FACEBOOK COMMENTS