काठमाडौं । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाल पक्राउ परेका छन् ।
काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा सहभागी भएको आरोपमा सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) पक्राउ परेका हुन् ।
गएराति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरि जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
तोडफोड र आगजनीमा संलग्नहरुलाई खोज्ने क्रममा प्रहरीले सन्तोष सिलवाललाई पनि निगरानीमा राखेको थियो । सोही क्रममा सीआईबी टोलीले उनलाई काठमाडौं महानगरपालिका ३२ मा पर्ने कोटेश्वरको महादेवस्थानस्थित आफन्तको घरबाट नियन्त्रणमा लिएको थियो ।
सिलवालले हिजोमात्रै पत्रकार सम्मेलन गरेर प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको गुनासो गरेका थिए ।
FACEBOOK COMMENTS