काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीलृे मन्त्रीहरुलाई शपथ ग्रहण गराएका छन् । आज नवनियुक्त १६ मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार प्रधानमन्त्रीले तीन जनाले सपथ लिएका थिए ।
सपथ लिनेमा नेकपा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसहित ८ जना छन् । कानून, न्याय तथा संसदीय मामिला पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, उद्योग मन्त्री दामोदर भण्डारी, महिला बालबालिका भगवती चौधरी, खानेपनी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्था गरिबी तथा सहकारी मन्त्री बलराम अधिकारी रहेका छन् ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत उर्जा, रेखा शर्मा सञ्चार र हितबहादुर तामाङले पर्यटन मन्त्रीको रुपमा शपथ लिएका छन् । नेकपा एसका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला र धनबहादुर बुढाले शहरी विकासमन्त्रीको शपथ लिएका छन् ।
रास्वाका सभापति रवि लामिछानेले उप्रधान तथा गृहमन्त्री, सुमुना श्रेष्ठ शिक्षामन्त्री, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् ।मन्त्रीहरुले आजैबाट कार्यभार सम्हाल्नेछन् ।
FACEBOOK COMMENTS