काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १३ औं र १४ औं वार्षिक साधारण सभा एकैसाथ हुने भएको छ ।
शुक्रबार हुन लागेको सभाले १ : ०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै, आ.व. २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पेश हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले २६ साउनमा बुक क्लोज गरिसकेको छ । तसर्थ, २५ साउनसम्म कायम सेयरधनीले मात्र सभामा उपस्थित हुन पाउनेछन् ।
FACEBOOK COMMENTS