काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको वित्तिय अवस्थामा निकै सुधार आएको छ ।
अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको सोही अवधिमा बैंकको नाफा ८६.१८ प्रतिशतले बढेर १५ करोड ४ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ८ करोड ८ लाख २० हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा केही गिरावट आएपनि सन्चालन नाफा भने बढेको छ ।
बैंकको खुद ब्याज आम्दानी ०.४७ प्रतिशतले घटेर २३ करोड २३ करोड ३४ लाख २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै सञ्चालन नाफा १३२.०५ प्रतिशतले बढेर २४ करोड ७९ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
बैंकले आफ्नो खराब कर्जा १०.६५ प्रतिशतबाट घटाएर ६.१५ प्रतिशत कायम गरेको छ । बैंकको वितरणयोग्य नाफा ५५ करोड ८८ लाख ५३ हजार ऋणात्मक छ ।
बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४४ करोड ८० लाख १० हजार रुपैयाँ छ ।
बैंकले ८ अर्ब ८८ करोड ५२ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ५६ करोड २५ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको प्रतिसेयर आम्दानी १८.०४ रुपैयाँ रहेको छ भने नेटवर्थ ८६.७१ रुपैयाँ छ ।