काठमाडाैं । एक्च्युरियल सोसाइटी अफ नेपालले ललितपुरमा चैत ११ गते सोमबार नेपालको बीमा क्षेत्रम बीमाङ्कीय विज्ञताको विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) को सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपालमा बीमाङ्कीय विज्ञता विकासका सम्बन्धमा छलफल गरी सुझावहरू प्राप्त गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण, आईएफओए, ग्लोवल एक्च्युरियल इनिसिटिभ, बीमक, एक्च्यिुरियल सोसाइटी अफ नेपाल र बीमाङ्कीय विश्लेषकहरूबीच अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाङ्कीहरूको भूमिका विशेषगरी बीमा क्षेत्रमा व्यवसायको प्रकृति र जटिलताका कारण झनै महत्वपूर्ण रहेको बताए ।
अध्यक्ष ओझाले बीमाङ्कीहरूको विज्ञता उजागर गर्न, बीमा व्यवसायलाई थप गति दिन र बीमितहरू ढुक्क हुने वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे ।
ओझाले कार्यक्रममा आउने नयाँ दृष्टिकोण र विचारहरू बीमाङ्कीय पेशालाई नयाँ उचाई दिन महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा वित्तीय स्थायित्वलाई सुनिश्चित गर्न, प्रभावकारीरूपमा जोखिम व्यवस्थापन गर्न र दिगो वृद्धि हासिल गर्नका लागि बीमाङ्कीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यकारी निर्देशक सुवेदीले नेपालमा बीमाङ्कीको न्यूनताका कारण देखिएका चुनौतीहरूलाई सम्बोधन गर्नका लागि प्राधिकरणले क्षमता अभिवृद्धि कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी र नियामकीय सुरपरीक्षणको सुदृढीकरण जस्ता कार्यलाई प्रवद्र्धन गर्दै आएको जानकारी दिए ।
आईएफओएका अध्यक्ष कार्टिना ताहिर थोम्सनले नेपालमा बीमाङ्कीय विज्ञताको विकासका लागि नियाकका रूपमा नेपाल बीमा प्राधिकरणबाट भएको प्रयास सह्रासहनीय रहेको उल्लेख गर्नुहुँदै यसका लागि आवश्यक सहयोग गर्ने तत्परता व्यक्त गरे ।
ग्लोवल एक्च्युरियल इनिसिटिभ (जीएआईएन) का निर्देशक क्विनी चोउले बीमाङ्कीको दक्षता अभिवृद्धिका लागि प्राधिकरणसँग हुँदै आएको सहकार्यबाट आफूहरु उत्साहित रहेको बताउनुहुँदै आगामी दिनमा यस किसिमको सहयोगलाई अझै सघनरूपमा अघि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले नेपालमा बीमाङ्कीय दक्षता अभिवृद्धिका लागि प्राधिकरणबाट भएका पहल र जीएआईएनसँगको आवद्धताबाट प्राप्त उपल्रब्धीहरूका बारेमा प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पदाधिकारी, आईएफओएका पदाधिकारी, ग्लोवल एक्च्युरियल इनिसिएटिभका सदस्य, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका पदाधिकारी, ए्रक्च्युएरिल सोसाइटी अफ नेपालका सदस्य, त्रिभुवन विश्वविद्यालयका एक्च्यिुएरिल विज्ञानका विद्यार्थी र बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका एक्च्यिुरियल प्रवन्धक र एक्च्युरियल विश्लेषकहरूको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS