काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले आगामी आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजीको २०% आईपीओ सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाएको छ । आईपीओमार्फत संकलित रकम अन्डरग्राउण्ड केवल उत्पादनमा लगानी गर्ने बताइएको छ ।
आईपीओ बिक्रीका लागि कम्पनीले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बिक्री प्रबन्धकका लागि आज बुधबार सारथीले सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा सारथीका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS