काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आफू आबद्ध राजनीतिक दल नेकपा (एमाले) बाट अलग भएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै उनले अहिले आफू कुनै पनि दलमा आबद्ध नरहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’
साथै उनले राष्ट्रघाती दोषीहरूलाई कानुनी कठघरामा पुर्याउन र राष्ट्रलाई महान् बनाउन आफ्नो सम्पूर्ण प्रयास जारी रहने र देश र जनताको हितका लागि सधैं लडिरहने बताएका छन् ।
FACEBOOK COMMENTS