काठमाडौं । बुक बिल्डिङ विधिमार्फत नेपालमा नै पहिलो पटक सर्वोत्तम सिमेन्टको बोलकबोल आजदेखि सुरु हुने भएको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत सेयर बिक्री गर्ने छ ।
कम्पनीले ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुने ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर जारी गर्न लागेको छ । जसमा ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको छ ।
संस्थापकलाई प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसासम्मको मूल्य तोकिएको छ । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने छ । संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश भएपनि बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिन्छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्ने सबै आवेदनकलाई माग अनुसार बाँडफाँट गरिने जनाइएको छ । उक्त कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर दोस्रो रचणमा सर्वसाधारणलाई सेयर जारी गरिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS