काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । उद्योग प्रभावित क्षेत्रका स्थानीयले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ ।
सर्वोत्तमले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आइपीओ बिक्री निष्कासन गरेको थियो । स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको थियो । सर्वोत्तमको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ ।
न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिनुपर्ने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् ।
सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका-३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका- १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । रिब्दीकोट गाउँपालिका-२, ३, ४ र ६, तिनाउ गाउँपालिका- १, २ र ३, माथागढी गाउँपालिका- ७ र ८ तथा निस्दी गाउँपालिका ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ ।
सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस्तै, खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS