काठमाडौं । सर्वोत्तम सिमेन्टले भोली शुक्रबार बार्षिक साधारणसभा बोलाएको छ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत लाभांश दिंने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव भोली हुने साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS