काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सम्पन्न सभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
समा आज रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका, भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भएको हो ।
सभाले चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुने ३२ करोड ५५ लाख बराबरको बोनस सेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने रु १३ करोड ९५ लाख नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरणलाई अनुमोदन गरेको छ। साथै, आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।
साधारण सभामा कम्पनीका सञ्चालक, लगानीकर्ता, र अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति थियो। सभाले कम्पनीका आगामी योजनाहरूलाई थप सशक्त बनाउँदै उत्पादन क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
FACEBOOK COMMENTS