काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत पहिलो पटक सर्वसाधारणलाई आजदेखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर निष्कासन गरिसकेको छ । बाँकी रहेको सेयर अहिले सर्वसाधारणलाई निष्कासन गरेको हो ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा सेयर निष्कासन गरेको हो । आईपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसमा न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS