काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान १० बजे बाँडफाँट गरिने छ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । आईपीओमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट बाँडफाँट हुनेछ ।
आईपीओमा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५५ हजार ५२१ जनाले मात्र सेयर पाउनेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।
कम्पनीले बुक बिल्डिङमार्फत फागुन १३ देखि १६ गतेसम्म २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गरेको हो ।
FACEBOOK COMMENTS