काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै उक्त लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने भएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण हुनेछ ।
