जनकपुरधाम । पूर्व सांसद सरिता गिरी सिरहा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।
सिरहाको लहान नगरपालिकामा पर्ने बस्तीपुर घर भएकी उनी यसअघि नै क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । गिरी २०६४ को संविधान सभामा तत्कालीन सद्भावना पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन् । बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री समेत बनेकी उनलाई अनियमितताको आरोपमा बर्खास्त गरिएको थियो ।
०७४ मा उनलाई उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले समानुपातिक सांसद बनाएको थियो । संसद्ले लिम्पियाधुरा, लिपुलेकसहितको नक्सा राखेर संविधान संशोधन गरेको विषयमा पार्टीको निर्देशन नमानेको भन्दै गिरीलाई पार्टीले सांसदबाट हटाएको थियो ।
FACEBOOK COMMENTS