काठमाडौं । सरकारले आज एकै पटक २२ जना सचिवको सरुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
अर्थ सचिवमा राजस्व सचिव डा. राम प्रसाद घिमिरेको सरुवा गरिएको छ । अर्थ सचिव मधु कुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय पठाइएको स्रोतको दाबी छ ।
राजश्व सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) दिनेश घिमिरेलाई तोकिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई ऊर्जा मन्त्रालयमा पठाइएको छ ।
जल तथा ऊर्जा आयोगका सचिव केशव कुमार शर्मा बिडारीकोलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सरुवा गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवमा प्रमिला बज्रचार्यको पनि सरुवा भएको छ ।
FACEBOOK COMMENTS