काठमाडौं । बुक बिल्डिङ विधिमार्फत सर्वोत्तम सिमेन्ट कम्पनीले पहिलो चरणमा संस्थापक लगानीकर्तालाई खोलेको बोलकबोलको आज अन्तिम दिन हो ।
संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आज कार्यालय समयभित्र बोलकबोल पेश गर्न सक्नेछन् । कम्पनीले मंसिर ६ देखि आईपीओको बोलकबोल खुला सुरु गरेको हो ।
कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर खुला गरेको छ । सर्वोत्तमले ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ । जसमा २४ लाख कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्तालाई बोलकबोल विधि मार्फत खुला गरेको छ । त्यसका लागि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० रुपैयाँ रहेको छ ।
संस्थागत लगानीकर्ताले त्यही सीमाभित्र रहेर बोलपत्र पेश गर्नेछन् । सोमबार संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ ।
कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट हुनेछ । उक्त कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर दोस्रो रचणमा सर्वसाधारणलाई सेयर जारी हुन्छ । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
FACEBOOK COMMENTS