![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सत्तासाझेदार दलले माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा गरेका छन् ।
प्रधानमन्त्रीको निवासमा आज साँझ भएको बैठकमा उक्त निर्वाचन र प्राप्त नतिजाबारे छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचन र परिणामको विषयमा समीक्षा भएको जानकारी दिए ।
“गठबन्धनको बैठकमा कोशी प्रदेशमा सत्ता गठबन्धनले सिट गुमाएको विषयलाई लिएर गम्भीर छलफल भएको छ”, उनले भने । बैठकले कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित भएको निष्कर्षसमेत निकालेको छ । कोशी प्रदेशको परिणाम अप्रत्याशित भएकाले त्यसमा गम्भीर छलफल गर्नुपर्ने उनले बताए ।
नेता लेखकले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको उम्मेदवार पराजयको विषयले गठबन्धनको समिकरणमा फरक नपर्ने बताए । “गठबन्धनका उम्मेदवार पराजयको विषयप्रति प्रारम्भिक छलफल भएको छ, गठबन्धन एकजुट छ, यसले गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन”, नेता लेखकले भने ।
FACEBOOK COMMENTS