काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । भोलि दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए ।
सत्ता गठबन्धनमा आवद्ध दलहरुले देशभर चुनावी तालेमल गरेर लडेका थिए । कांग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।
चुनावमा भोट ट्रान्सफर नभएको भन्दै माओवादी केन्द्रमा असन्तुष्टि समेत देखिएको छ । शनिबार मात्र माओवादीले सबै विकल्प खुला गर्ने निर्णय समेत गरेको थियो ।
तर, आइतबार माओवादी पूर्णरूपमा यूटर्न भयाे । आइतबार बसेकाे माओवादीकाे बैंठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्याे ।
गठबन्धनकाे भाेलिकाे बैंठक पनि विशेषगरी सरकार निर्माण र भागवण्डमा नै केन्द्रित हुने निश्चित छ । नेकपा (नेकपा एकिकृत समाजवादी) ले सभामुख र राष्ट्रपति मध्ये एक पद माग गरेपछि पछिल्लाे समय गठबन्धनमा दरार सृजना भएकाे छ । उता माओवादीले भने कुनै हालतमा राष्ट्रपति आँफुले पाउनुपर्ने जिकिर गरिरहेकाे काँग्रेसका एक केन्द्रिय नेताले बताए ।
प्रधानमन्त्रीसमेत रहेकाे काँग्रेसका सभापति शेरवहादुर देउवा आँफु प्रधानमन्त्री रहिरहने अवस्थामा माओवादीलाइ राष्ट्रपति दिने मनसायमा छन् । तर, काँग्रेसकै अर्काे गुटले भने देउवाकाे याे साेचलाइ मान्नेवाला छैन् । महामन्त्रीसमेत रहेका गगन कुमार थापा भने अाँफु प्रधानमन्त्री बन्ने अवस्था भए मात्र देउवाकाे साे कदम मान्ने नत्र देउवाकाे विराेध गरिरहने पक्षमा छ ।
अब यी सबै कुराको छिनोफाने भने काँग्रेसको संसदिय दलको नेता को बन्छ ? भन्ने कुरामा भर पर्छ । तर, काँग्रेसमा देउवा बाहेक अन्य कोही पनि संसदिय दलको नेता बन्ने सम्भावना छैन ।
तसर्थ काँग्रेसमा अझैपनि देउवाकै हालि मुहालि चल्ने निश्चितनै छ । त्यसैले माओवादीलाइ राष्ट्रपति दिएर भएपनि अाँफु प्रधानमन्त्रीमा बसीरहने देउवाकाे चाहाँना पुरा हुने सम्भावना बढी छ ।
याे पनि
गठबन्धनको दोस्रो ठुलो पार्टी माओवादी हो, यसले घात गर्दैन : रेखा शर्मा
शेरबहादुर देउवासँग प्रचण्ड र माधवको छुटछुटै भेट, के भयो छलफल ?
प्रचण्डलाई देउवा र ओलीकाे फाेन: राष्ट्रपति माओवादीलाई, प्रधानमन्त्रीमा देउवालाई निरन्तरता
प्रधानमन्त्रीमा देउवा, माओवादीलाई राष्ट्रपति र सभामुख नेकपा एसलाई: मन्त्री चाैधरी
FACEBOOK COMMENTS