काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनको बैठक सकिएको छ ।
आज सोमबार अपराह्न ३ बजे सुरु भएको बैठक अहिले भर्खरै सकिएको हो । चुनावपछि गठबन्धनको बैठक पहिलोपटक बसेको हो । बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ ।
यस्तै उक्त बैठककाे छलफलमा सबै दलहरू गठबन्धनमा नै रहि रहने सहमति भएकाे नेपाली काँग्रेसका एक केन्द्रिय नेताले बताए । उनका अनुसार समानुपातिककाे सबै नतिजा सार्वजनिक भएसँगै पदिय भागवण्ड हुनेछ ।
तर, देउवालाइ नै प्रधानमन्त्रीमा निरन्तरता दिने भन्ने कुरामा सबैजसाे दल सहमत भएकाे उनकाे भनाइ छ । सिके राउतकाे पार्टीलाइ २ वटा मन्त्रालयकाे जिम्बेवारी दिएर भएपनी गठबन्धनमा सहभागी बनाउने पनि यस बैठकमा कुराे उठेकाे छ ।
यस्तै, नेकपा एकिकृत समाजवादीले भने उपराष्ट्रपति पाउने र सभामुख नेपाली काँग्रेसले पाउने यस बैठकमा माैखिक सहमती जुटेकाे स्राेतले बनाएकाे छ । तर, राष्ट्रपतिमा भने माअाेवादीसँगै काँग्रेसलेपनि दावी गरेका कारण सहमति हुन सकेन ।
यसअघि नेकपा माओवादी केन्द्रले आगामी सरकार गठनका लागि एमालेसँग पनि सहकार्य हुनसक्ने अभिव्यक्ति दिएपछि गठबन्धनमा तरंग पैदा भएको थियो । त्यस अनुमानविपरीत आजको बैठकले गठबन्धनलाई एक बनाई अगाडि बढ्ने निर्णय गरेका हुन् ।
FACEBOOK COMMENTS