काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन्। यसअघि उनले सातौँपटक मन्त्रिमण्डल विस्तार गरे पनि अझै ६ मन्त्रालय रिक्त छन्।
आज पनि नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्रीका रूपमा शपथ खुवाउने मात्र निश्चित छ।
साउदलाई आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ। गत पुस १० गते प्रधानमन्त्री नियुक्त प्रचण्डले आज साउदलाई परराष्ट्रमन्त्री बनाएपछि उनको जिम्मेवारीमा अझै ५ मन्त्रालय रहने छन्।
योसँगै सत्ता गठबन्धनमा रहे पनि जनमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ४ पार्टी सरकारमा सहभागी छैनन्।
FACEBOOK COMMENTS